एजेन्सी । अमेरिकामा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दो छ । चीन भन्दा तीन गुणा बढी संक्रमित भइसकेको अमेरिकामा एकैदिन ३२ हजार २ सय ८४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
त्यस्तै विगत २४ घन्टामा १३ सय ३१ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । योसहित उक्त देशमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ३ सय ९२ जना पुगेको छ ।
शनिबार बिहान प्रकाशित तथ्याँकअनुसार अमेरिकामा अहिलेसम्मकै बढी २ लाख ७७ हजार १ सय ६१ जना पुगेको छ । यो संक्रमित हुनेहरुको संख्या अन्य देशहरुको तुलनामा निकै बढी हो र अमेरिका पछि इटाली र स्पेनमा संक्रकितहरुके संख्या बढेको छ ।
अमेरिकाको संक्रमितको दर उच्च गतिमा बढेको छ । यो हेर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तै मर्नेको संख्या २ लाख बढी पुग्न धेरै समय लाग्दैन ।




