कर्पोरेट

सुदुर प्रदेश सरकारको राहत कोषमा तीन बैंकले गरे सहयोग

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको ‘कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोष’ मा कुमारी बैंक लिमिटेडले बिहीबार १० लाख सहयोग गरेको छ ।

बैंकका सुदूरपश्चिम प्रमुख दीपक खनालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । कुमारी बैंकको केन्द्रीय कार्यालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी प्रत्येक प्रदेशलाई रु १०÷१० लाख सहयोग गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई पनि उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।

यस्तै गरिमा विकास बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडले पनि प्रदेश सरकारको सोही कोषमा रु पाँच÷पाँच लाख सहयोग गरेको प्रमुख स्वकीय सचिव वलीले बताए । गरिमा विकास बंैकका शाखा प्रमुख यादवप्रसाद पन्त र माछापुच्छ्रे बैंक लिमिटेडका प्रदेश प्रमुख हरिलाल ऐरले मुख्यमन्त्री भट्टलाई रु पाँच÷पाँच लाखको चेक हस्तान्तरण गरै ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *