काठमाडाैं।सरकारका प्रवक्ता डा खतिवडाले पत्रकारले सोधेको जिज्ञासामा स्वास्थ्य सामग्री खरिदका विषयमा कसैले भनेको कुराबाट प्रभावित नभई आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने बताए । “महत्वपूर्ण कुरा सामग्री आएर मानिसको जीवन रक्षा भइरहेको छ, महङ्गो भयो कि भएन, विधि पुग्यो कि पुगेन भनेर हेर्ने निकाय छुट्टै छ”, डा खतिवडाले भने।
सरकारी तवरबाटै सामान ल्याउँदा उत्तम हुने जानकारी दिँदै मन्त्री खतिवडाले सरकारले यसअघि प्रयोग गरे पनि सफल हुन नसकेको बताए । दुवै छिमेकी मुलुक समस्यामा परेकाले सरकारी तवरबाट खरिद गर्न नसक्दा निजी क्षेत्रलाई आह्वान गर्नु परेको उनले अनुभव सुनाए । सरकारी तवरबाट गर्न सकिन्छ भने त्यसमा पनि आवश्यक कदम चाल्ने विषयमा समेत आजको बैठकमा छलफल भएको मन्त्री खतिवडाले जानकारी दिए ।




