काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोविड १९) महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पतालमा राख्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा खाने र बस्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।
‘हामीले उपचारमा संलग्न हुने सबैलाइ अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौ’ उनले भने ‘भोली यदी महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरीरहेका छौँ’, डा. कार्कीले भने । सरकारले यस अघि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उपचारमा संलग्न हुनेको निःशुल्क बीमा थप भत्ता लगायतका सुविधा दिने निर्णय गरसिकेको छ ।




