ताजा समाचार

हिमानी ट्रष्टमार्फत पूर्वराजा ज्ञानेन्द्रले काेराेना राहत कोषमा दिए २ जम्मा गर्ने

काठमाडौं । देशभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीको सामना गर्न सरकारले स्थापना गरेको राहत कोषमा पूर्व राजा ज्ञानेन्द्र शाहले २ करोड सहयोग गरेका छन् ।

सरकारले बनाएको कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषमाार्फत दुई करोड सहयोग गरेको एक विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।

जारी विज्ञप्तीमा मानव अस्तित्व रक्षाको लागि भइरहेको पहलप्रति संवेदनशील हुँदै सबैले आफ्नो आफ्नो ठाउँ र क्षमताबाट केही न केही पहल गर्नु अनिवार्य भएको पनि बताएका छन् ।
लाकडाउनलाई बाध्यात्मक अनिवार्यता भन्दै पूर्व राजाले यसको पालनामा गैरजिम्मेवार बन्ने छुट कसैलाई नभएको पनि बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *