ताजा समाचार

सरकारले २०७७ सालको विदा घोषणा गर्यो

काठमाडौं । सरकारले नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।सचिव महेश्वर न्यौपानेले जारी गरेको राजपत्रमा ५२ शनिबार बिदा उल्लेख छ । नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ । सरकाले विभिन्न दिवसमा बिदा दिने निर्णय गरेको छ । वैशाख १९ गते मजदुर दिवस, संविधान दिवस असोज ३ गते बिदा छ भने फागुन २४ गते महिला दिवसमा महिलालाई मात्रै बिदा छ । यस्तै अपांगता भएका कर्मचारीलाई मंसीर १८ गते बिदा छ । दशैंका लागि कात्तिक ७ देखि ११ सम्म बिदा दिइएको छ । फूलपातीदेखि एकादशीसम्म बिदा दिइएको हो । कात्तिक २९ गते लक्ष्मीपूजा पूजा, कात्तिक ३० गते म्हपूजा र मंसीर १ गते भाइटीकामा बिदा छ ।

[pdf-embedder url=”http://wp_sankalpakhabar.localhost/wp-content/uploads/2020/03/२०७७-सालको-सार्वजनिक-बिदा.pdf”]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *