काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको छ। धादिङ खनियाबासका ३६ वर्षीय बिरामीको आज सोमबार मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
दुई दिनदेखि ज्वरो आएपछि उनलाई आइतबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले बताएको छ । ३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते नेपाल आएका थिए। कोरोना संक्रमणको आशंकामा उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल स्रोतका अनुसार, बिरामीको स्वास्थ्य परीक्षणको रिपोर्ट आज (सोमबार) साँझसम्म आइसक्ने छ । स्वास्थ्य रिपोर्ट आएपछि मात्र उनको मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ।




