ताजा समाचार

प्रमुख सचेतक खाणद्वारा सरकारलाई धन्यवाद 

काठमाडौँ।  नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक सामग्री चीनबाट नेपाल ल्याएकामा सरकारलाई धन्यवाद दिएका छन । साथै उनले उक्त सामग्रीको गुणस्तरमा ध्यान दिँदै तत्काल सातै प्रदेश र प्रदेशबाट सबै जिल्ला तथा स्वास्थ्य केन्द्रसम्म पुर्याउन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई टेलिफोनमार्फत आग्रह गरेकाे काँग्रेस संसदीय दलले जनाएको छ ।

प्रमुख सचेतक खाणले थप उपकरण र स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाइ स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन र लकडाउनको समयमा नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने प्रक्रिया सहज बनाइ उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न माग गरेका छन ।

उनले सुरक्षाको प्रबन्ध चुस्तदुरुस्त बनाएकामा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीलाई समेत धन्यवाद दिँदै आगामी दिनमा थप सजग भई सर्वसाधारणलाई औषधि र अत्यावश्यक खाद्य सामाग्रीको व्यवस्थापन मिलाउनसमेत आग्रह गरे । प्रमुख सचेतक खाणले सातै प्रदेशका काँग्रेसका संसदीय दलका नेता र प्रमुख सचेतकलाई पनि टेलिफोन गरी प्रदेशको अवस्थाका बारेमा जानकारी लिनुभएको संसदीय दलको कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *