एजेन्सी । जर्मनीका एक राज्यका अर्थमज्त्रीले कोरोनाभाइरसबाट हुने आर्थिक क्षतिको नतिजाको कसरी सामना गर्ने भन्ने “गहिरो चिन्ताले आत्महत्या गरेका छन् । हेस्सी राज्यका अर्थमन्त्री थॉमस स्किफर शनिबार रेलका लिकमा मृत भेटिएका थिए । उनले कोरोनाबाट देश आर्थिक मन्दीमा जानृ भएपछि कसरी सामना गर्ने भन्ने चिन्ताले आत्महत्या गरेको बताइएको छ ।
५४ वर्षीय शेफर शनिबार एक रेल ट्र्याक नजिक मृत भेटिए। अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार, अर्थमन्त्री स्याफर कोरोना भाइरसका कारण उल्लेखनीय रुपमा चिन्तित बनेका थिए ।
मृत्यु हुनुअघि उनले आत्महत्या नोट समेत लेखेको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएको छन् । अर्थमन्त्री स्याफरले किन आत्महत्याको बाटो रोजे भन्ने कुरा त्यसमा उल्लेख गरेको अनुसन्धान अधिकारीहरुले बताएका छन् ।
मन्त्री स्याफर जर्मन चान्सलर एन्जिला मर्केलको मध्य–दक्षिणपन्थी दल क्रिष्चियन डेमोक्र्या्टिक पार्टीमा दुई दशकदेखि सक्रिय थिए भने १० वर्ष यता उक्त राज्यको अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
सो राज्यका प्रधानमन्त्री भोल्कर बोफरले सन् २०२३ मा हुने निर्वाचनमा प्रतिस्पर्धा नगरेको स्थितिमा स्याफरलाई हेसे राज्यको भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो । सो राज्यका प्रधानमन्त्री भोल्कर बोफरले स्याफरको मृत्युलाई पत्याउनै नसकिने दुखद घटना भनेका छन् ।
हेसे जर्मनीको आर्थिक राजधानी मानिएको फ्र्याङ्कफर्ट हेसे राज्यमा नै पर्छ । त्यस्तै युरोपियन केन्द्रिय बैंक लगाएत कमर्श बैक र ड्युश बैंकको केन्द्रिय कार्यालय पनि फ्र्याङ्कफर्टमै छ ।
जर्मनीकी चान्सलर एजेन्ला मार्कल पनि अाइशाेलेसनमा बसेकि छिन् ।




