काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । आइतबारदेखि मन्त्रालयले एपसँगै कोभिड १९ को सूचना प्राप्त गर्न सहज होस भनेर सबैको पहुँचका लागि भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको हो ।
शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जनाए । मन्त्री ढकालले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध गरे । नयाँ वेबसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिने र यसले कोरानो संक्रमितलाई सम्पर्क गर्न समेत सहज हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोकोटाले बताए । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारी सहित सम्पूर्ण सूचनाहरु आम नागरिक माझ सहझ रुपले पुर्याउने उद्देश्यका साथ मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेशन तयार पारेको हो ।




