काठमाडौँ । सरकारले लकडाउनको अवधि कम्तीमा एक हप्ता थप गर्ने भएको छ। चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि मंगलबार बिहान ६ बजे सकिने भएपछि कोभिड १९ को संक्रमणबाट बच्न लकडाउननको अवधि थप्ने गर्ने भएको हो।
लकडाउनको अवधि थप्न गर्नेलगायका विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । त्यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वयन समितिको बैठक राखिएको छ। यसअघि शुक्रबार बसेको बैठकले मन्त्रीहरुलाई लक डाउनको अवधि बढाउने विषयमा तयारी गर्न निर्देशन दिएको थियो। एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दैनिक ज्यालादारीबाट जिविको पार्जन गर्ने मजदुर, उद्योगी व्यवसायीका लागि प्याकेजको घोषणा गर्नेछ।
सत्तारुढ नेकपाका शीर्ष नेताहरु एवं विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत दैनिक मजदुरी गर्नेका लागि सरकारले सहयोग घोषणा गर्न दबाब दिएका छन्।




