ताजा समाचार

औषधिजन्य सामग्री लिन जहाज चीनतर्फ 

काठमाडौँ। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिए । उहाँका अनुसार आज गएको विमानले औषधि उपकरण लिएर आज राति १ बजे आउनेछ ।

चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *