ताजा समाचार

कोरोना शंकास्पदको नमुना लिन नेपालगंज गएको विमान दुर्घटना

काठमाडौं । नेपाल एयरलाइन्सको विमान नेपालगंज विमानस्थलमा चिप्लिएकाे छ । उक्त विमान नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा चिप्लिएर दुइ सय मिटर पर पुगेकाे थियाे ।
कुनैपनि मानवीय क्षति नभएकोे प्रहरी प्रवक्ता एसएसपी उत्तमराज जोशीले जानकारी दिए । विमानमा रहेका तीनजना चालक दलका सदस्य र दुई जना चिकित्सक रहेका थिए । उनीहरु सबै सकुशल रहेको बताइएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । उक्त विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन गएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *