विराटनगर।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दैनिक ज्यालादारी श्रमिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन सरोकार पक्षसँग छलफल एवं सुझाव लिएका छन। मुख्यमन्त्री राईले कोभिड १९ नियन्त्रण, रोकथाम सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार सर्वपक्षीय स छलफल कार्यक्रममा सो सुझाव लिएका हुन।
मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामका बारेमा जानकारी गराउँदै आगामी दिनमा प्रभावकारी ढङ्गले काम अगाडि बढाउनका लागि सरोकार पक्षको राय लिएका थिए ।
बैठकमा विभिन्न राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायी सङ्घसङ्घठनका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
छलफलमा सहभागी प्रतिनिधिले प्रदेश सरकारले अगाडि बढाएका नीति कार्यान्वयन गर्न एकजुट भएर लाग्ने दृढता व्यक्त गरे ।




