ताजा समाचार

हेलम्बु गाउँपालिकाले ३९ ठाउँमा तीन सय ५ श्ययाको क्वारेनटाइन निर्माण गर्ने

मेलम्ची।हेलम्बु गाउँपालिकाले प्रत्येक वडाको ३९ ठाउँ तोकेर क्वारेनटाइन निर्माण गर्ने भएको छ । शुक्रबार हेलम्बु गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाभरि ३९ ठाउँमा जम्मा ३०५ श्ययाकोे क्वारेन्टाइन निर्माण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । साथै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको अध्यक्ष शेर्पाले बताए ।

बैठकले हेलम्बुवासीलाई घर नछाड्न र लकडाउनलाई कडाइका साथ पालना गर्न पनि आह्वान गरेको छ । बैठकले गाउँपालिकाका सबै वडामा क्वारेन्टाइन निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित वडाका लागि निर्णय भएको क्वारेनटाइनस्थलको सुक्ष्म अध्ययन गरी गाउँपालिकामा आवश्यक सामग्रीको विवरण र टोल स्वास्थ्य सुधार समितको विवरण अविलम्ब पेश गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *