ताजा समाचार

कोरोना सङ्क्रमित युवतीसंँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, ज्वरो आएपछि राखिएकाे थियाे क्वारेन्टाइनमा

काठमाडाैं । कतारबाट आएकी कोरोना सङ्क्रमित युवतीसँगै आएका फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ । युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएकामा शुक्रबार नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।
कोरोना सङ्क्रमित युवतीसँंगै आएका जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *