ताजा समाचार

प्रधानमन्त्री निवास फिर्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्कएका छन।

गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उहाँको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *