ताजा समाचार

कोरोना विरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सिले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए । सोही क्रममा राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सो प्रस्ताव राखेका हुन् ।

चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएका हुन् । चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट
बढी प्रभावित भएका छन् । तर चीनमा भने यो भाइरसको सङक्रमण नियन्त्रणमा आइसकेको बताइएको छ ।

चीनको उहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङक्रमित भइसकेका छन् । साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

चिनियाँ राष्ट्रिय प्रसारण सिसिटिभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना
भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गरेका थिए ।

यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङक्रमित व्यक्ति अमेरिकामा भेटिएका छन् । अमेरिकामा
हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार ३०० ज्यान गइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *