काठमाडौँ।नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधनप्रति दुःख व्यक्त गरेका छन।
काँग्रेस महासमिति सदस्य एवं वरिष्ठ समाजसेवी लामाको उपचारका क्रममा यही चैत १३ गते भारतको मेदान्त अस्पतालमा निधन भएको हो । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।
साथै सभापति देउवाले स्व लामाले मुलुकको प्रजातान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पुर्यारउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन ।




