रसुवा। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गरेका छन । रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित आफू बसोबास गर्ने धारा, बत्ती, शौचालय, परिसरसमेतको सुविधायुक्त चारकोठे पक्की घर प्रदान गरेकाे उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए।
सांसद आचार्यले २१ शय्यायुक्त क्वारेन्टाइनका लागि आफ्नो घर निःशुल्क प्रदान गरेका हुन । सो घरमा खाट र शय्यासमेत उपलब्ध छ । जनताको मतको सम्मान गर्दै विपद् व्यवस्थापनअन्तर्गत जनसेवाका लागि आफूले बसोबास गर्दैआएको घर स्वतस्फूर्त क्वारेन्टाइनका लागि प्रदान गरिएको सांसद आचार्यले बताए । जिल्लाका अन्य नेताले पनि यस्तै सहयोग गर्ने विश्वास स्थानीय वरिष्ठ समाजसेवी चन्द्रशेखर लम्सालले व्यक्त गरे।




