ताजा समाचार

काेराेना भाइरसबाट अमेरिकी अभिनेता मार्क ब्लमको मृत्यु

एजेन्सी । काेराेना संक्रमित सबैभन्दा धेरै भएकाे अमेरिकामा यसकाे असर सेलिब्रेटीमा पनि देखिन थालेकाे छ ।  अमेरिकी अभिनेता मार्क ब्लमको यही कोरोना भाइरस (काेभिड १९ ) को संक्रमणका कारण ६९ वर्षको उमेरमा मृत्यु भएको छ ।

ब्लम एक अनुभवी चरित्र अभिनेता थिए । जसले ’डेस्पेरेट्ली सिकिंग सुसन’ र ’क्रोकोडाइल डुंडी’, मा काम गरेका छन् । उनले नील साइमनको ’लस्ट इन योन्कर्स’ , गोर भिडालको ’द बेस्ट म्यान’ । त्यस्तै ‘स्याटर्ड ग्लास’ , ‘स्टेप अप थ्रिडी’ र भर्खरै अभिनय गरेको फिल्म ‘कोइन हेइस्ट’ रहेको छ । साथै उनी हाल टिभी श्रृंखला ‘यू’ मा काम गरिरहेका थिए ।

ब्लम न्यु योर्क थिएटरको एक सदस्य रहेका थिए । उनले अल्बर्ट इनौराटोको ‘गुस र अल’ नाटकको अभिनयबाट ओबी अवार्ड जितेका थिए । उनको मृत्युको घोषणा न्यु योर्कको थियटर कम्पनी प्लेराइट्स होराइजन्सले गरेको छ । काेराेनाबाट मर्नेमा ब्लम कला क्षेत्रका दाेस्रा व्यक्ति हुन् । यसअघि नाटककार टेरेन्स म्याकनेलीकाे ८१ वर्षकाे उमेरमा काेराेना संक्रमणबाट मृत्यु भएकाे थियाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *