काठमाडौं । कोरोना भाइरसको दोस्रो र तेस्रो संक्रमित रहेका उठानबाट नेपाल आएका अधिकांश मानिस सार्वजनिक बस तथा प्लेनबाट घर गएको भेटिएको छ । पहिलोपटक फ्रन्सबाट आएका युवति नेपाल आएको कतार एयर दुबाईबाट आएका युवा चढेको एअर अरेवियमा रहेकाहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी (कन्ट्रयाक ट्रेसिङ)का क्रममा उक्त तथ्य भेटिएको हो । यो आधारमा उनीहरु गएको यातायातको साधनसमेत पहिचान गरेर त्यसपछि पनि थप खोजी गर्न जटिल हुने देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले विभाग अन्तर्गत छुट्टै समूह खटाएर संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने र सेल्फ क्वारेन्टाइनको तरीका र लक्षण देखिएमा गर्नुपर्ने विषयसमेत सम्झाइरहेको जनाएको छ ।नेपालमा दोस्रो संक्रमण भेटिएकी १९ वर्षे युवतीसँगै आएका मध्ये अधिकांश गाउँमा पुगेको र तीनिहरुले सार्वजनिक यातायातबाट गाउँ गएको भेटिएको मन्त्रालय स्रोतले जनाएको छ । ‘अधिकांश त माइक्रो, सार्वजनिक बसबाटै गाउँ गएको देखिन्छ’ स्रोतले भन्यो‘उनीहरुमा पनि लक्षण देखियो भने ती यातायात त्योसँगै गएको मान्छे पनि खोज्नुपर्छ त्यो गाहे छ, नत्र परेन्’ तेस्रो संक्रमित बसेको होटलको कोठामा उनी चेकआउट भएपछि बसेका अर्का एक जनामा खोकी र ज्वरो भेटिएको छ । तर उनले होटलमा बस्न नथाल्दैदेखि समस्या सुरु हुने संकेत देखिएको बताएका छन् । तर चिकित्सकहरुले क्वारेनटाइनमा बस्न आग्रह गरिसकेका छन् ।
स्रोतका अनुसार मन्त्रालयले ती एयरलाइसबाट नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेहरुको नजिकबाट अनुगमन गर्नका लागि उनीहरुको घरठेगना पहिचान गरेर जनप्रतिनिधिलाई समेत जानकारी गराइसकेको छ । अहिलेसम्म कतार एयरबाट आएका अधिकांशको पहिचान भइसकेको छ भने एयर अरेवियाबाट आएकामध्ये जम्मा ९ जनामात्रै स्वास्थ्य अधिकारीको सम्पर्क स्थापित गर्न सकिएको छ । ती मध्ये अधिकांश आफै सम्पर्कमा आएका थिए । उनीहरुमध्ये केही सेनाका अधिकारी थिए । उनीहरुले मन्त्रालयसँग सेल्फक्वारेन्टाइनको तरीकासमेत मागेका थिए ।




