काठमाडौं।भोजपुर नगरपालिकाले दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकहरुलाई खाद्यन्न वितरण गरेको छ ।

सरकाले मुलुकभर लकडाउन गरेपछि नगरक्षेत्र भित्र भोकमारीको अवस्था सिर्जना हुन नदिन नगरपालिकाले खाद्यन्न वितरण गरेको हो । नगरपालिकाले तीन सय २५ जना श्रमिकलाई खाद्यन्न वितरण गरेको नगर प्रमुख कैलाश आलेले बताए । प्रति श्रमिक चालमल ३० केजी, दाल १ केजी,तेल १ पोका र १ केजी नुन वितरण गरिएको नगर प्रमुख आलेले जानकारी दिए । विपन्न श्रमिकको पहिचान भने मजदुर संघले जारी गरेको परिचयपत्रका आधारमा पहिचान गरिएको नगरप्रमुख आलेले बताए ।

विश्वव्यापी महामरीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर खाने श्रमिकहरुको भोकभोकै बस्नु नपरोस भनेर नगरपालिकाले खाद्यन्न वितरण गरेको प्रमुख आलेको भनाइ थियो ।




