ताजा समाचार

डेभिरी भ्यानमार्फत घर घरमा खाद्यान्न पुर्याउने

काठमाडौं ।सरकारले काठमाडौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवं विक्रेताहरुले आआफ्ना डेलिभरी भ्यानमार्फत मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्वर न्यौपानको अध्यक्षतामा विहिबार गृहमन्त्रालयका बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउन निर्देशन समेत दिएको छ ।

मन्त्रालयका अनुसार पसलहरु संचालन, संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने भएको छ । माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै खाद्य स्टोर एवं विक्रेताहरुले आआफ्नो टोल फ्रि नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउन सकिनेछ । फोन, वा अनलाईन मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको कम्बो प्याक समेत) विक्रिवितरण गर्न अनमुति दिइएको छ ।

मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिकार नगरपालिकाहरुले मिलाउन निर्देशन समेत दिएको छ । त्यसैगरी काठमाडौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं विक्रेताहरुले पनि काठमाडौ जस्तै गरी डेलिभरी भ्यान मार्फत व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्न निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *