ताजा समाचार

पूर्व मन्त्री बस्नेत गरे दुई स्वास्थ्य केन्द्रलाई १० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका दुइ स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
कोरोनाको आशंकमा स्वास्थ्य संस्थामा परीक्षणका लागि विरामीहरु आउने भएपनि स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्री समेत अभाव भएपछि बस्नेतको पहलमा आवश्यक सामग्रीहरु वितरण गरिएको हो ।
बाह्रविसे नगरपालिकाका प्राथामीक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा सेनीटाइजर,साबुन माक्स, ग्लोब्स, एप्रोन लगायतका सामग्रीहरु स्वास्थ्य केन्द्रमा पुगेर हस्तान्तरण गरेका थिए ।
त्यस्तै सिटामोल,स्वास्थ्यकर्मीहरुका लागि डिस्पोजल क्याप सहित करिब १० लाख मुल्य बराबरको सामग्री स्वास्थ्य चौकीहरुमा हस्तान्तरण गरिएको थियो ।
बाह्रविसेमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र क्षेत्र नम्बर १ को उच्च सुविधा रहेको स्वास्थ्य केन्द्र भएपनि सामग्री अभावमा स्वास्थ्यकर्मीलाई समस्या भएपछि सबैसँग सहयोग मागेर सामग्री वितरण गरिएको पुर्व मन्त्री बस्नेतले जानकारी दिए ।
बस्नेतले प्राथामीक स्वास्थ्य केन्द्र बाह्रविसेका डाक्टर सिर्जना महर्जनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । संकटका बेला सबै राजनीतिक दल र स्थानीय सरकारका प्रमुखहरुले पनि स्वास्थ्य केन्द्र लगायत सम्भव हुदा सम्म स्थानीयलाई पनि स्वास्थ्य सामग्री वितरण गरेर सहयोग गर्नुपर्ने बस्नेतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *