ताजा समाचार

केन्द्र सरकारले ६ वटा प्रदेशमा ५०/५० सेट स्वास्थ्य सुरक्षा सामग्री पठाउदै

काठमाडौं । केन्द्र सरकारले ६ वटा प्रदेशमा ५०/५० सेटको दरले स्वास्थ्य सुरक्षा सामग्री ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट०तथा ३०÷३० हजारको दरले माक्स पठाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार गण्डकी प्रदेश बाहेक सबै प्रदेशमा पिपिइ सेट तथा माक्स पठाउने भएको छ । पिपिइ तथा माक्स पठाउन बाँकि रहेको गण्डकी प्रदेशमा पनि ५० पिस पिपिइ सेट र ३० हजार माक्स पठाउने तयारी भएको विभागले जनाएको छ । पिपिइ सेट कोरोना भाइरस संक्रमण भए÷नभएको परिक्षण तथा एवं घाँटीको ¥याल संकलन गर्ने क्रममा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामाग्री ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट० हो । पिपिइभित्र स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चश्मा, मास्क, पञ्जा, बुट लगायतका सामग्रीहरू पर्छन । कोराना भाइरस सक्रमणका विरामीको उपचार तथा रेखदेखमा संलग्न डाक्टर,नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुले पनि पिपिइ प्रयोग गर्नु पर्छ ।
केन्द्र सरकारले पठाएको पिपिइ पयाप्र्त नभएको प्रदेश सरकारहरुले गुनासो गरेका छन् । संघीय सरकारले स्थानीय तहलाई सोझै पिपिइ सेट पठाउने गरेको छैन । आवश्यक परेमा माक्स तथा पिपिइ स्थानीय तहले सम्बन्धित प्रदेश सरकारसँग माग गर्नु पर्ने केन्द सरकारको भनाइ छ । स्वास्थ्य सेवा विभागले २८ हजार पिपिइ सेट खरिदकोलागि २८ करोड रुपैयाँ छुट्टयाएको छ । हाल देशभर विभिन्न विभाग, सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा सरकारको मातहतमा करिब २८ हजार स्वास्थ्य कर्मी कार्यरत छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *