ताजा समाचार

तीन डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ। केही समयदेखि रिक्त रहेकाे पदमा आइतबारको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

लम्साल हाल सुदूरपश्चिम प्रहरी प्रमुख रहेका छन्, भने क्षेत्री केन्द्रीय प्रहरी प्रवक्ता छन् । पाल विशेष ब्युरोको कमाण्ड गरिरहेका छन्।

यसअघि एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातले गत माघ २८ गते अवकाश पाएसँगै तीन एआईजी पद रिक्त भएपनि बढुवा निर्णय हुन सकेको थिएन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *