काठमाडाैं । काेभिड १९ (काेराेना भाइरस) संक्रमणबाट अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु भएको छ । विगत २० वर्ष देखि अमेरिका बस्दै अाएका नेपालकाे पाँचथर रानीगाउँका ५० वर्षीय अनिल लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कोरोनाको संक्रमण देखिएको थियो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले पनि लिम्बुको मृत्यु कोरोनाकै कारण भएको जनाएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट ५८२ जनाको मृत्यु भइसकेको छ ।




