ताजा समाचार

जावलाखेलबाट विप्लवका माइला दाजु पक्राउ

काठमाडौं।विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका माइला दाजु पक्राउ परेका छन् । ललितपुरको जावलाखेलबाट नेकपाका ६ जना कार्यकर्तासँगै उनी पनि पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार विप्लवका दाजु जयन्द्र चन्दलाई आइतबार राती पक्राउ गरिएको हो । पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष हुन । विप्लवका जेठा दाई वीरजंग चन्द यसअघि दाङबाट पक्राउ परिसकेका छन्। आइतबार राती उनीहरुलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीले दावी गरेको छ ।

सरकारले सो समूहलाई गत वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि नेकपाका करिब १ हजार ५ सय कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीको विशेष व्यूरोको सहयोगमा नेकपाका कार्यकर्ताहरु पक्राउ पर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *