ताजा समाचार

पानीटङ्याकी नाकामा एक सय नेपाली अलपत्र   

भद्रपुर। भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीटङ्याकी नाकामा अड्किएका छन् ।

मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र भारतको पानीट्याङ्की बजारमा सयको सङ्ख्यामा नेपालीहरु रोकिएको भारतीय प्रहरीले जानकारी गराएको बताए।

नाकाबाट कसैलाई पनि प्रवेश गराउन आदेश नभएको प्रनाउ पोखरेलले बताए । हिजो सोमबार काँकडभिट्टामा यसैगरी भारतबाट आइपुगेका ७३१ जनालाई नेपाल प्रवेशको अनुमति दिइएको थियो । नेपालबाट भारत जान सीमामा जम्मा भएका दुई हजार २३६ जना भारतीय नागरिकलाई समेत सोमबार जान अनुमति दिइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *