सखुवासभा।चैनपुर बाट पोखरी सम्म जोड्ने सडक कालो पत्रे हुन शुरु भएपछि स्थानीय हर्षित भएका छन् ।
चैनपुरको जीरो प्वाइन्टबाट पोखरीको दाहालडाँडा सम्म ८ किलोमिटर लम्बाई रहेको यो सडक स्थानीय सरकारको बजेटबाट ५ करोड ५९ लाखमा कालोपत्रे सुरु गरेको हो । धरान–धनकुटा हुँदै चैनपुुर खाँदवारी जोड्ने सडकसँग पहुँच भएको यो मार्गको दुई वर्ष अघि उन्नती प्रोजेकटले सवबेस सम्मको काम सकेपछि यो वर्ष सोही सववेस माथी वेस लेयिङ गरी डिविएसटी बज्र गुरु कन्ट्रक्सनले गरिरहेको छ ।
व्यापारीक केन्द्रको रुपमा चिनिने पोखरी बजारसँग जोडीने यो सडक वर्षाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुदा नागरिकले सास्ती खप्दै आएका थिए । सडक कालोपत्रे सुरु भएपछि स्थानीयवासीहरु दंग देखिन्छन । तर स्थानीय कामको गुणस्तरप्रति भने शसंकित छन ।

कालोपत्रे गर्ने विभिन्न विधिहरुः वटासिल, डिविएसटी, आसपाल, प्रिमिक्समध्ये यो सडक खण्ड डिविएसटी (डबलकोट वीट्वीन सर्फेस ट्रयाक) गर्न लागिएको चैनपुर नगरपालिकाका प्राविधिक रविन राईले वताए । यस विधिमा दुई चरणहरु पार गर्नु पर्ने हुन्छ । पहिलो अर्थात फस्ट कोट अन्र्तगत प्राइमकोट,फस्टकोट वीटवीन(ट्रयाककोट), टुवान्टी एमएम डाउन – टेन एमएक एभव रिभररन चिप्स हालेपछि फस्ट कोटको काम सकिने प्रविधिक बताउछन । सेकेण्ड कोट वीट्वीन, टेन एमएम डाउन, सेभेन एमएम एभव रिभररन चिप्स हालेपछि डिविएसटी को काम पुरा हुने निर्माण कम्पनीका इन्जिनियर मनिस खड्काले बताए। बाटो बनेपछि कतिको टिकाउ हुन्छ भन्ने प्रश्न गर्दा बाटोको पुन मर्मत, नाली सरसफाई, यातायातको चाप, गाडीको लोड आदिमा भरपर्ने खड्काले बताए ।
दलपे डाँडाको गेटदेखि चिहान डाँडासम्म ट्रायलको रुपमा हालेको प्राइमकोट भए पनि स्थानीयवासीहरुले शुरु स्टेजमा हानेको प्राइमकोट कम्जोर भएको भन्दै विरोध गरेपछि सर्व पक्षिय छलफल गरी ३ सय मिटर बाटो पुन निर्माण कम्पनीले दोह¥यएर बनाएको छ । समाजसेवी ज्ञानबहादुर काकीर्, निर्माण कम्पनीका प्रतिनिधि लक्ष्मण लिङथेप, सञ्चारकर्मी, चेतनशिल नागरिक लगायतको उपस्थिततिमा चैनपुर नगरपालिकाका नगरप्रमुख भरत कुमार खत्रीले स्थलगत रुपमा उपस्थित भई बाटो राम्रो बनाउन सबै पक्ष एकजुट भएको बताए । चैनपुरको भाग्य र भविश्य वोकेको यो सडक खण्ड सबै पक्षको उत्तिकै भूमिका रहन जरुरी भएको बताउदै प्रमुख खत्रीले कोठाभित्र बसेर फेसवुक र अनलाइन जस्ता सामाजिक सञ्जालको प्रयोग गर्दै विकास निमार्णको विरोध गर्नु भन्दा कार्यस्थलमा पुगेर कामको मुल्याङकन गर्न सुझवा दिए ।
यो सडक खण्डलाई हेलचेक्रयाई नगरी गुणस्तरी सडक बनाउन सबैको सहयोग र सुझावका साथ तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि लक्ष्मण लिङ्थेपले जानकारी दिए। सडक विभागका प्राविधिकद्धारा फिल्डटेन्सीटीको कम्प्याक्सन जाच तथा ल्याव टेस्ट, वीट्वीन ल्याव टेस्ट समेत भइसकेको छ ।
तिब्र गतिमा डिविएसटी भैरहेको यो सडक चैत्र महिना भित्रमा सम्पन्न गर्न सकिने अनुमान फिल्ड इन्चार्ज राम प्रसाद यादवको छ । कृषि, पर्यटन, एवं आर्थिक समृद्धिको सम्भाना बोकेको यस सडकले यस क्षेत्रका स्थानीयवासीको भविश्य उज्जल बनाउनेमा कुनै दुइ मत छैन । साना दुई पाग्रे मोटरसाइकल, टेम्पो देखि बस, ट्याक्टर, ट्रक लगायतका हेभि लोडका यातायात साधन गुड्ने यो सडक निर्माणले यस क्षेत्रममा उत्पादन हुने कृषि उपज, वन पैदावर,निर्यात गर्न सहजता हुनुका साथै दैनिक उपभोग्य वस्तुहरु आयत एवं मानिस आवतजावतमा समेत सहयोग पुग्ने छ ।




