काठमाडौं । सरकारले भोलि मंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने तयारी भएको बताइएको छ ।
स्रोतका अनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने तयारी भइरहेको छ । समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदल संयोजकको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको हो। अत्यावश्यक सेवाबाहेकका निजामति कर्मचारीलाई घरमै ‘स्ट्यान्डबाइ’ मा बस्ने निर्देशन दिने सल्लाह कार्यदलमा रहेका मन्त्रीहरुले संयोजक पोखरेललाई जनकारी दिएको स्रोतले जनाएको छ ।
त्यसैगरी सरकारले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका साधनसहित आवश्यक मेडिकल सामाग्रीहरु हवाइजहाज चार्टर गरेर ढिलोमा शनिबारसम्म खरिद गरेर ल्याउने जनाएकाे छ । अन्तर्राष्ट्रिय बजारमै सामान तथा उपकरणको अभाव भएकाले केही ढिला भए पनि अब सबै आवश्यक सामानहरुको व्यवस्था गरिने बताइएकाे छ । साेही विषयमा छलफल गर्न उच्चस्तरीय समिमतिकाे वैठक सिहदरवारमा बस्दै छ ।




