ताजा समाचार

वीरगन्जमा एकजनामा कोरोना संक्रमण भएकाे पुष्टि

काठमाडौं । वीरगन्जमा एक जनामा कोरोना  भएकाे पुष्टि भएकाे छ ।  भारतकाे पटनामा चेकजाँचका क्रममा उनलई कोरोना पुष्टि भएको हाे । केही दिनअघि खोकी र ज्वरो आएपछि उपचारका लागि भारतको पटना लगिएको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार उनी अहिले पर्सामा नभएर पटनामा आइसोलेसनमा राखिएको छ । उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राख्नेबारेमा छलफल भइरहेको बताए । ती व्यक्तिबाहेक अन्यमा भने संक्रमण पुष्टि नभएको उनले जानकारी दिए । कोरोना संक्रमित भएको पुष्टि पनि परिवारले नै गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *