संखुवासभा। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट बच्न चैनपुर नगरपालिकाले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
चैनपुर नगर क्षेत्र भित्र विशेष सजकता अपनाउँदै नगर प्र्रवेशका नाकाहरु खाँदवारी,मादी र बढी भिडभाड हुन वसपार्क लगायतका क्षेत्रमा नागरिकको स्वास्थ्य चेक जाचका लागि हेल्थ डेक्स स्थापना गरिने भएको छ ।
क्वरेन्टाइनका लागि संखुवासभा बहुमुखी क्याम्पसको भवन प्रयोग गरिने निर्णय गरिएको छ । नगरको चैनपुर, पोखरी, खराङ साप्ताहिक रुपमा लाग्दै आएका हाटहरु चैत्र २२ गतेसम्म रोक लगाइएको छ । नगरपालिकाले बोइलर कुखुरा , अण्डा रागा, सुगुर काटमारमा रोक लगाउने भएको छ ।
चैनपुर नगर क्षेत्रका संघ संस्था, सरकारी कार्यालयहरु, सार्वजनिक स्थलहरुमा हात धुन सावुन पानीको व्यवस्था मिलाउने भएको छ । नगर प्रमुख भरत कुमार खत्रीको अध्यक्ष्यतामा बसेको आकस्मीक बैठकले स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न २५ लाख बजेट व्यवस्था गरी सम्पूर्ण स्वास्थ्य संस्थाका जनशत्ति mप्रयोग गरी कोरना सम्बन्धी जनचेतना फैलाउने निर्णय गरिएको चैनपुर स्वास्थ्य शाखाका प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए।




