ताजा समाचार

भारतका कोरोना भाइरसको संक्रमण देखिएका ७५ जिल्ला लकडाउन हुने

काठमाडौं । भारतको केन्द्रीय र राज्य सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका ७५ जिल्लालाई पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधान सचिब, क्याबिनेट सचिब तथा सबै राज्यको सचिबहरुको उच्च स्तरीय बैठकमार्फत कोरोनाको संक्रमण फैलिएको ७५ जिल्लालाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि ३१ मार्चसम्मका लागि एक राज्यबाट अर्को राज्यमा जाने सम्पूर्ण बस सेवाहरु पूर्ण रुपमा स्थगित गरिएको छ । त्यस्तै अनावश्यक यात्रुबाहक बस सेवा र ट्रेन सेवाहरु पनि ३१ मार्चसम्मका लागि बन्द गरिएको छ । तर, मालबाहक गाडीलाई भने चल्न दिइने बताइएको छ । त्यस्तै अत्यावश्यक सेवाहरु पनि सञ्चालनमा रहने जानकारी गराइएको छ ।

भारतको गृह मन्त्रालयले भनेको छ, ‘देशभर चल्ने इन्टर–स्टेट बस सेवाहरु ३१ मार्चसम्मका लागि स्थगित गरिएको छ ।’ यसैबीच, भारतीय रेलवेले पनि भनेको छ, ‘२२ मार्चको आधि रातपछि ३१ मर्चको आधिरातसम्म केवल मालबाहक गाडीहरु मात्रै चल्नेछन् । सम्पूर्ण रेलगाडीहरु स्थगित गरिएको छ ।’

अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगिसकेको छ, भने २४ जना पूर्ण रुपमा निको भएर आ–आफ्नो घर फर्किसकेका छन् । त्यस्तै ३४१ जना कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *