ताजा समाचार

सुधारगृहमा रहेका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने तयारी

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना) भाइरसको संक्रमण फैलिन नदिन सरकारले बाल सुधारगृहमा रहेका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने तयारी थालेको छ।

कारागार व्यवस्थापन विभागले बाल सुधार गृह खाली गराउने तयारीगरेसँगै त्यहाँ रहेका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने तयारी गरेको हो । महान्यायधिवक्ता अग्नी खरेलको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले बालबालिकालाई सजाय छुट दिने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। त्यसैअनुसार प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार विभिन्न ८ वटा सुधारगृहमा ८ सय ७० जना बालबालिका छन्।

भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा २३ बालिकासहित २ सय ३१ जना छन्। विराटनगरमा १ सय ३८, पोखरामा ७४, बाँकेमा १ सय ३५, भीमफेदीमा ६६, डोटीमा ४०, पर्सामा १ सय १ र रुपन्देहीमा ८५ जना बालबालिकालाई सुधार गृहमा राखिएको छ। विभागले आइतबार कारागारको सुधारगृहमा रहेका बालबालिको सबै विवरण लिएर छाड्ने प्रकृया शुरु गर्ने जनाएको छ । विभागले के कसरी छाड्न मिल्छ भनेर गृहमन्त्रालय, प्रहरी र महान्याधिवक्ताको कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *