ताजा समाचार

भारतमा आज देशभर जनता कर्फ्यू

एजेन्सी । भारतमा आजबाट जनता कर्फ्यू लागु गरिएको छ । बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई सम्बोधन गर्दै जनता कर्फ्यू लागु हुने घोषणा गरेका थिए । उनले मार्च २२ देखि बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म ‘जनता कफ्र्यू’ (घर बाहिर ननिस्कन) आग्रह गरेका थिए । अति आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका थिए ।
त्यसै अनु्रूप आज भारतभरीका सडक सुनसान छन् भने जनता घरभित्रै बसेका छन् । कोरोना संक्रमण बढ्न नदिन भारत सरकारले यस्तो कदम चालेको हो ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथाम प्रयास अनुसार आइतबारदेखि दिल्ली मेट्रो सेवाका यातायातका साधन दिल्लीमा गुड्ने छैनन् ।

भारतमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ भने ३ सय भन्दा बढी संक्रमित भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *