ताजा समाचार

भारतीय नाका हुँदै फर्कनेबाट जाेखिम झन् बढ्दै

आजका सबै पत्रपत्रिकामा भारतीय नाकाबाट नेपाल भित्रनेको लर्को र साेबाट हुनसक्ने जाेखिमबारे मुख्य समाचार लेखेका छन्।

‘नाकाहरूमा जोखिपूर्ण आवागमन’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । यो समाचारलाई नागरिक दैनिकले पारिबाट आउनेको लर्को शिर्षकमा छापेको छ । समाचार अनुसार उनीहरुलाई क्वारेन्टाइनमा नराख्दा जोखिम बढेको छ । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली स्वदेश फर्केपछि तिनको स्वास्थ्य परीक्षण गर्न सीमामा रहेका स्वास्थ्यकर्मीलाई चुनौती बनेको थियो ।

उता अन्नपूर्णले पनि नाकाबाट हुलका हुल शिर्षकमा समाचार छापेको छ । नेपाल समाचार पत्रले सुनसान बन्दै उपत्यका शिर्षकमा मुख्य समाचार लेखेको छ । चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् ।सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने घोषणा गरिसकेको छ । भने मुख्य सुरक्षाका तीनै निकाय लक डाउन शिर्षकमा अर्को समाचार छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलले आन्तरिक तयारी तीव्र बनाउँनुको साथै आफ्नो ब्यारेकलाई लक डाउन गरेको छ ।
कारोबार दैनिकले जलाशयुक्त आयोजना निर्माणमा नयाँ मोडल शिर्षकमा समाचार लेखेको छ । नेपालमा जलाशययुक्त आयेजनाहरुको निर्माण हुन नसकिरहेको बेला भर्टिकल सेप्रेशन पीपीपी मोडलबारे छलफल सुरु भएको समाचरामा उल्लेख छ । त्यस्तै कोेरोनाकाने असरले ठुला होटल धमाधम बन्द हुन थालेको अर्को समाचरा पनि पहिलो पृष्ठमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *