ताजा समाचार

‘दुई साता पेसी नतोकिने’

आज प्रकाशित सबै पत्रपत्रिकामा हिजो प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गरेकोबारे मुख्य समाचार छ । त्यसबाहेक चैत १० गतेदेखि सबै कार्यलय र सार्वजानिक यातायात बन्द गरेको बारे समाचार छ ।
कान्तिपुर दैनिकमा अत्यावाश्यकबाहेक सेवा चैत २१ गतेसम्म बन्द शिर्षकमा ब्यानर समाचार छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

यसैगरी, नागरिक दैनिकले ‘दुई साता पेसी नतोकिने’ शीर्षकमा अदालत बन्द भएको जानकारीसहित समाचार प्रकाशित गरेको छ ।
यता, अन्नपूर्ण पोस्ट्ले पनि कोरोनाभाइरसकै सन्दर्भमा समाचार प्रकाशित गरेको छ । जसमा कालोबजारी गर्नेलाई कैद सजाय तोकिएको समाचारलाई महत्व दिएर छापेको छ । सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ। खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र कार्टे्लिङ गर्ने उद्योगी, आयातकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *