ताजा समाचार

‘जर्मन सेफर्ड’ जातको कुकुरमा पनि भेटियो कोरोना संक्रमण

एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कुकुरमा पनि भेटिएको छ । हङकङमा हालै गरिएको एक परीक्षणमा ‘जर्मन सेफर्ड’ जातको कुकुरलाई कोरोना संक्रमण भएको पाइएको छ ।

उक्त कुकुरका मालिक कोरोना संक्रमित थिए । हङकङको आइल्याण्डस्थित पोक फु लाम क्षेत्रमा सो कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा राखी परिक्षण गरिएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरमा कोरोना संक्रमण भेटिएको छ । यस्तै, घरपालुवा जनावरलाई अंकमाल नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *