काठमाडौ । अष्ट्रेलियाको एउटा क्रुजका यात्रुमा कोरोना भाइरस भेटिएपछि २ हजार ७ सय यात्रुलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन्।
सो जहाज बिहीवार सिड्नीमा रोकिएको थियो। जहाजमा चालकदलका १,००० भन्दा धेरै मानिस सहित कूल ३हजार ८०० जना चढेको बताइएको छ। सो जहाज सिड्नीमा फर्कनु अगाडि न्यूजिल्यान्ड पुगेको थियो।अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्।




