ताजा समाचार

काेराेना भाइरसकाे कारण चीन भन्दा इटालीमा धेरै जनाको मृत्यु

काठमाडौं । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसले अहिले इटालीमा धेरै प्रभाव पारेकाे छ । चीनमा सबैभन्दा धेरै प्रभावित भएको बताइएपनि अहिले इटलीमा चीनमा भन्दा धेरैजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  चीनमा ३२४८ जनाको मृत्यु भएको छ भने इटलीमा ३४०५ जनाको मृत्यु भइसकेको छ ।

चीनमा ८० हजार ९६७ जना संक्रमित छन् भने इटलीमा ४१ हजार नाघिसकेको छ । त्यसपछि सबैभन्दा बढी असर इरानमा देखिएको छ । इरानमा अहिलेसम्म १२८४ जनाको मृत्यु भइसकेको छ ।  स्पेनमा ८३१ जना, जर्मनीमा ४४ जना, अमेरिकामा २१८ जना, फ्रान्समा ३७२ जना, दक्षिण कोरियामा ९४ जना, बेलायतमा १४४ जना कोरोना भाइरसका कारण मृत्यु भएको छ । विश्वभर हालसम्म  १० हजार ४८ जनाको मृत्यु भएको छ । २ लाख ४५ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म ८८ हजार संक्रमणबाट निको भएर फर्किएका छन्

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *