काठमाडौ । कोरोना भाइरसको आशंकामा भारतको आर्थिक राजधानी मुम्वइको एउटा सरकारी अस्पतालमा भर्ना गरिएका ११ जना भारतीय नागरिक अस्पतालबाट फरार भएका छन । उपजिल्हा रुग्णालय वा ट्रमा केयर युनिट अस्पतालबाट उनीहरु फरार भएको भारतीय संचार माध्यमले जनाएका छन । उनीहरुको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । क्वारेन्टाइमा राखिएका ती भारतीय नागरिक दुवइबाट भारत आएको पनि प्रहरीले जानकारी दिएको छ ।




