ताजा समाचार

पुनम पाण्डेले आफ्नो ब्वाइफ्रेन्डसँग गरेको ‘कोरोना किस’ सामाजिक सञ्जालमा भाइरल !

मुम्बई । अनेक हर्कत गरेर सामाजिक सन्जालमा छाइरहने बलिउड मोडल पुनम पाण्डे फेरी चर्चामा आएकी छिन् । यतिबेला भने उनी कोरोनाका कारण चर्चामा छिन् । कोरोना भाइरसको सं’क्रमणले बलिउड नै सेलाइरहेका बेला पुनले भने एक तस्वीर शेयर गरेकी छिन् ।

जुन तस्वीर भारतीय प्रयोगकर्ताले सामाजिक सञ्जालमा चासोका साथ शेयर गरेका छन् । पुनमले पोस्ट गरेको फोटोमा ब्यायफ्रेण्डलाई किस गरेको देख्न सकिन्छ । दुवैले आफ्नो अनुहारमा रुमाल लगाएका छन् । यसलाई ‘कोरोना कि’स’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका छन् । पुनमको यो तस्वीरलाई लिएर कतिले ‘मास्कवाला लभ’ भनेका छन् भने कतिपयले ‘कोरोना प्यार है’ भन्दै क्याप्सन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *