ताजा समाचार

कालोबजारी र मिसावट गरे गराए तत्काल कडा कारबाही गर्न सरकारले निर्देशन

आज संघीय राजधानीट प्रकाशित सबै पत्रिकामा सरकारले एसईई लगाएत चैतमा हुने सबै परीक्षा स्थगित गरेकोबारेका समाचारले पहिलो प्राथमिकता पाएका छन ।त्यसै गरी सरकारले जरुरीबाहेक घरबाट बाहिर ननिस्कन गरेको निदेर्शनबारे पनि समाचारले स्थान पाएका छन् । उता सभामुख सापकोटा र राष्ट्रिय सभाको अध्यक्षबीचको द्वन्द्वबारे पनि सबै पत्रिकामा खबर छ ।

अन्नपूर्ण पोस्ट्ले जरुरीबाहेक हिँडडुलमा रोक शिर्षकमा समाचार लेखेको छ । कान्तिपुरले यही समाचारलाई २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध शिर्षकमा समाचार लेखेको छ । समाचार अनुसार सरकारले ५० भन्दा बढी मुलुकबाट आगमना निषेध गरेको छ। त्यसैगरी कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी र मिसावट गरे गराए तत्काल कडा कारबाही गर्न पनि सरकारले निर्देशन दिएको छ भने एसईईसहित चैतमा हुने सबै परीक्षा स्थगित गरेको खबर पनि छ ।

नागरिक दैनिकले यी समाचार बाहेक तनहुँमा चितुवा आक्रमण नरोकिएकोबारे पनि समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ । दुईदिन अघिमात्र २१ महिनेबालिकालाई घरमै चितुवाले आक्रमण गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *