काठमाडौं।सिन्धुपाल्चोकमा नेपाली कांग्रेसप्रतिको आकर्षण बढेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको सक्रियताले बाममन्थी राजनीतिक दल छोडेर कांग्रेस प्रवेश गर्नेको लहरै चलेको छ । केही समय यता हजारौं नेकपा र राप्रपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

काठमाडौ स्थित बौद्धमा सिन्धुपाल्चोक कांग्रेसद्वारा आयोजित २०५४ सालदेखि माओवादीको पूर्णकालिन कार्यकर्ता बनेका इन्द्रवहादुर ठकुरी(रन्जित) कांग्रेस प्रवेश गरेका हुन ।

पूर्वमन्त्री बस्नेतले हाल विप्लव माओवादीका प्रभावशाली जिल्ला नेता इन्द्रवहादुर ठकुरी(रन्जित) लाई खादा र माला लगाएर कांग्रेस प्रवेश गराएका हुन् । ठकुरी सिन्धुपाल्चोक जिल्ला सचिबालयका सचिव एवं पूर्व माओवादी सिन्धुपाल्चोक ३ नम्बर एरिया इन्चाज समेत थिए ।




