काठमाडौं । भोली देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित भएको छ । सरकारले बुधावार एएइइ परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसका कारण देखाउदै एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रस सल्लाहकार सूर्य थापाले बताए । एसइइ परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।




