ताजा समाचार

सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने सरकारी निर्णय

काठमाडौं । सरकारले विश्वभर तीब्ररुपमा फैलिरहेको कोरोना कोभिड–१९ भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले  ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो ।

यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सरकारले अत्यावश्यक काम बाहेक घरबाहिर आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको छ । त्यस्तै सरकारले सामाजिक तथा सांस्कृतिक र अन्य तयस्तै कार्यहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला नगर्न आग्रह गरेको छ । सरकारले गरेका निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ ।

बैठकले विभिन्न १५ वटा निर्णय गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *