कोशी प्रदेश

किन अलमलियाे पूर्बाधार तथा पर्यटकिय स्थल निर्माणमा लिम्चुबुङ गाउँपालिका ?

उदयपुर।उदयपरकाे लिम्चुङबुङ गाउँपालिकाले अघि सारेका महत्वकाक्षी याेजनाहरु माझ खर्क भ्युटावर , लिम्चुङबुङ – तुवाचुङहलेसी माेटरबाटाे , सुनकाेसी नदी पुल , गाऊँपालिका भवन अलपत्र अबस्थामा रहेका छन ।


८ वटा पालिकाहरु मध्ये सानाे र दुर्गम भए पनि प्राकृतिक तथा वाताबरणीय रुपमा उत्कृष्ट तथा सुन्दर ,थुप्रै संभावना बाेकेकाे गाऊपालिका भौतिक पुर्बाधनर , कृषि तथा पसुपालन ,पर्यटकिय स्थलाे सम्वर्द्धन र निर्माणकाे बिषयमा अलमलमा परेकाे छ।

राज्यकाे पुनर्संरचना हुँदाका समयमा बाराहा मा केन्द्र निर्धारण भए पनि लिम्चुङबुङ-२ ताम्लिछामा भवन निर्माण गर्ने निर्णयले बिबादकाे रुप लिदा ३ बर्ष देखि पालिका भवन बन्न सकेकाे छैन । पहिलाे बर्षमै माझखर्कमा तराई ,पहाड , हिमालकाे दृश्यावोलकन गर्ने भ्यु – टावर निर्माण जग्गा बिबादले हुन सकेकाे छैन । लिम्चङबुङ – हलेसी तुवाचुङ माेटर बाटाे सुनकाेसी नदि पुल अलपत्र परेकाे छ भने अध्यक्ष कृषि कार्यक्रम प्रभाब हिन भएकाे छ ।


गाउँपालिका भवनमा सहमति जुटाउने प्रयास भै रहेकाे , भ्यु- टावरका लागि जग्गा प्राप्ति ऐन २०३४ बमाेजिम प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा गठित समितिबाट मुअब्जाकाे लागि प्रक्रिया अगाडि बढाइएकाे प्रसाशकीय प्रमुख टार्जन राइले बताएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *