एजेन्सी । विश्वभरी फैलिएकाे काेराेना भाइरसकाे संक्रमणकाे असर खेलकुद क्षेत्रमा पनि परेकाे छ । यसकाे असरले काेपा अमेरिका अर्काे वर्षकाे लागि सरेकाे छ। त्यसै गरी युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग फुटबलको फाइनल खेल पनि एक महिना पछि सारेको छ ।
कोरोना भाइरसको कारण युइएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ तारिखमा टर्की र युरोपाको लिगको फाइनल जुन २४ तारिखमा पोल्यान्डमा गर्ने निर्णय गरेको छ । यसअघिको तालिका अनुसार च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपा लिगको फाइनल मे २७ तारिखका लागि तय भएको थियो ।




